डडेलधुराका ७ वटै स्थानीय तहमा शिक्षा पार्श्वचित्र निर्माण गरिने

डडेलधुरा, ३२ साउन– डडेल्धुरा जिल्लाका ७ वटै स्थानीय तहमा शिक्षा पार्श्वचित्र निर्माण गरिने भएको छ । शिक्षाको योजना सहित पार्श्वचित्र निर्माण गरिन लागेको हो । कतिपय स्थानीय तहका शिक्षा शाखाले पार्श्वचित्र निर्माणको काम अघि बढाएको भए पनि केही स्थानीय तहले भने काम शुरु गर्न सकेका छैनन् ।

पार्श्वचित्र निर्माणका लागी ६० प्रतिशत प्राविधिक सहयोग गर्ने गरी कार्यदल समेत गठन गरिएको छ । दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका गरी ७ वटा स्थानीय तह रहेको डडेलधुरामा २ सय ४७ सामुदायिक विद्यालयहरू रहेका छन् । शिक्षा क्षेत्रका सबै तथ्याङ्क र योजना सहितको पार्श्वचित्र निर्माणका लागी प्राविधिक कार्यदल गठन समेत गरिएको छ ।

Navadurga sun

सोमबार राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम समन्वय समितिको बैठकले शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुरा इकाई प्रमुख रामदत्त भट्टको संयोजकत्वमा १० सदस्य रहने गरी प्राविधिक कार्यदल गठन समेत गरिएकाे छ ।

कार्यदलमा अमरगढी नगरपालिका शिक्षा शाखा अधिकृत हेमन्तराज पन्त, भागेश्वर गाउँपालिका शिक्षा शाखा अधिकृत लालबहादुर सेटी, गन्यापधुरा गाउँपालिका शिक्षा शाखा अधिकृत तस्बिरसिंह बटाल, नवदुर्गा गाउँपालिका स्रोत व्यक्ति प्रेमसिंह ऐर, परशुराम नगरपालिका योजना अधिकृत कृष्णदेव जोशी, भागेश्वर गाउँपालिका स्रोत व्यक्ति राजेन्द्र बहादुर पाण्डेय, इजिआरपि डडेलधुरा संयोजक कृष्णबहादुर बोहरा रहेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...