छठको समापनः उदाउँदो सूर्यलाई अर्घ्य

धनगढी- कार्तिक शुक्ल चौथीका दिनदेखि सुरु भएको छठ पर्वको आज (शुक्रबार) अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

कैलालीको धनगढीको मोहना नदी घाट , अत्तरियाको गोदावरी नदी घाट लगायत देशभरका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठको बिदाइ गरिएको हो।

Navadurga sun
Godawari sandesh

देशभर बौद्धस्थित बागमतीघाट, पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठघाटसँगै तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै समापन गरिएको छ।

छठको मुख्यदिन बिहीबार निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। यसपछि उनीहरू रातभर छठघाटमै जाग्राम बसेका थिए। छठको विधि भने कोजाग्रत पूर्णिमाका भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु भएको हो। 

Couple
Loading...