बाजुरामा पहिरो गएपछि कर्णाली नदी थुनिने खतरा बढ्दै




बाजुरा, ३१ साउन- बाजुरामा पहिरो गएपछि कर्णाली नदी थुनिने खतरा बढेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबार साँझ जिल्लाको स्वामिकातिक खापर गाउँपालिका वडा नं. २ को छुदरीस्थित कर्णाली नदीमा माथिबाट सुख्खा पहिरो आएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मदनजित महराले बताए ।



‘सुख्खा पहिरो आएका कारण हामीले कणर्ाली नदी थुनिने आशंकामा आसपासका बासिन्दालाई सर्तकता अपनाउन अपील गरेका छौं,’ डीएसपी महराले भने, पहिलो साँझ करीब साढे पाँच बजेको समयमा गएको प्रहरीले जनाएको छ । तर अहिले नदी थुनिएको अवस्था भने छैन ।


पहिरो गएको क्षेत्र नजिकै मानव बस्ती नभए पनि नदी थुनिएपछि क्षति हुनसक्ने भएकाले सर्तकता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।



