डोटीमा सर्पले डसेर एक बालकको ज्यान गयो





डोटी, ३१ साउन– डोटीको पुर्वीचौकी गाउँपालिकामा सर्पले डसेर एक बालकको ज्यान गएको छ । सर्पले डसेर घाईते भएका पुर्वीचौकी गाउँपालिका वडा नं ६ गांजरीका ५ वर्षीय हेमराज भण्डारीको ज्यान गएको हो ।


उनलाई आफ्नै घरको आगनमा खेल्ने क्रममा सर्पले दाहीने खुट्टाको बुढी औंलामा डसेको थियो । उनको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



