स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु




अत्तरिया, ३१ साउन- कैलालीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ६ मा स्कुटर दुर्घटना हुँदा चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ ।



प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सुपप्र ००१-००८ प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १० बजे दुर्घटना भएको हो ।


दुर्घटनाबाट गम्भीर घाइते भएका चौधरीको लम्कीचुहा अस्पतालमा उपचारका क्रममा शनिवार राति नै मृत्यु भएको बताइएको छ ।



