सुदूरपश्चिममा थप १८ जनामा संक्रमण पुष्टि

Dadeldhura hospital

अत्तरिया, ३० साउन– सुदूरपश्चिम प्रदेशमा शनिबार थप १८ जनामा कोरोना संक्रमित पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा ७ सय ६३ नमूनाको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गर्दा ८ जना र १ सय १६ नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भए स‌गै दुवै बिधीबाट परीक्षण गर्दा १८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हो । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४५ जजार ६ सय १ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३९ जनाले कोरोना जितेका छन । यस संगै कोरोना जित्नेको संख्या प्रदेशमा ३६ हजार २ सय ३ पुगेको छ ।

Loading...