चुरे गाउँपालिकामा विद्युत विस्तारको काम अलपत्र

चुरे, ३० साउन- जिल्लाको चुरे गाउँपालिकामा विद्युत विस्तारको काम अलपत्र बनेको छ ।

Dadeldhura hospital

जिल्लाको चुरे गाउँपालिका वडा नं. ४ जगातिमा विद्युत जडानको काम १ वर्ष अघिदेखि अलपत्र बनेको हो । विद्युत विस्तार तथा जडानको काम थालिएको एक वर्ष पुगिसक्दा पनि काम अधुरै रहेको स्थानीय एलेक्स मलासीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

काम थालिएको भएको १ महिना मात्रै काम गरेर ठेकेदारले काम अलपत्र छोडेको स्थानीय मलासीले बताए। बिजुलीका पोलहरु हाल्नुपर्ने ठाउँमा नहाली जथाभावी फालिएका छन् । त्यस्तै तारहरु पनि अलपत्र अवस्थामा छोडिएको उनले बताए।

उक्त कामको ठेक्का पाएका ठेकदार चेतन पन्तले भने लकडाउन र कोरोनाका कारण काम गर्न नसकिएको बताए। १ वर्षसम्म पनि जडानको काम नसक्दा स्थानीयलाई सास्ती भएको चुरे ४ का वडाअध्यक्ष कृष्ण मल्लले बताए ।

Loading...