जन्मदिनको अबसर पारी सुप समाबेशी बिद्यालयलाई खाद्यान्न सहयोग

अत्तरिया, २९ साउन- कैलालीको अत्तरियामा रहेको सुप समाबेशी आधारभूत बिद्यालयलाई खाद्यान्न सहयोग गरिएको छ। नेपाल होटल ब्यवसायी महासंघकी केन्द्रिय सदस्य एबम् गोदावरी होटल ब्यासायी संघकी अध्यक्ष धना चोखालले जन्मदिनको अबसर पारेर सो बिद्यालयलाई खाद्यान्न सहयोग गरेकी हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

शुक्रवार बिद्यालयका आवाशिय रुपमा अध्यनरत फरक क्षमता भएका बालबालिकाहरुका लागि भनेर चामल, दाल, नुन, तेल, साबुन लगायतका खाद्यान्न सहयोग गरेकी हुन् । साथै उनले कोरोना महामारी फेरि बढेको भन्दै नियमित रुपमा मास्क लगाउन भन्दै मास्क पनि सहयोग गरेकी थिइन् ।

Navadurga sun
Godawari sandesh

उनले जन्मदिनमा फर्जुल खर्च गर्नुभन्दा पनि यसरी अनाथ, असहाय, बेसहारा र फरक क्षमता भएका ब्यक्तिहरु थारै भएपनि सहयोग गर्न पाउँदा निकै खुसी लागेको समेत बताइन् ।

उनले आगमी दिनमा पनि आफ्नो तर्फवाट गर्न सकिने सम्पूर्ण सहयोग गर्न तयार रहेको समेत बताइन् । जन्मदिनको अबसरमा बिद्यालयमा आएर खाद्यान्न यस्तो किसिमको वितरण गरेकोमा बिद्यालय परिवारले धन्यवाद समेत दिएको छ ।

Couple
Loading...