कामना सेवा विकास बैंक अत्तरिया शाखाद्वारा मास्क वितरण




अत्तरिया, २९ साउन– कामना विकास बैंक अत्तरिया शाखाले सडकमा मास्क नलगाएर हिड्ने बटुवालाई मास्क वितरण गरेको छ । शुक्रबार बैंकले सामाजिक उत्तरदायत्व अन्र्तगत तपाईको मास्क खोई ? भन्दै वितरण गरेको हो ।



कैलालीको गोदावरी नगरपालिका वडा नम्बर एक अत्तरिया चोक देखि बसपार्क सम्म मास्क नलगाएर हिड्ने बटुवाहरुलाई वितरण गरेको बैंकका अत्तरिया शाखा प्रबन्धक हर्षराज भण्डारीले बताए । ‘बैंकले विभिन्न समयमा सामाजिक कार्य गदैँ आएको छ’, उनले भने । ‘यस पटक पनि कोरोना संक्रमण बढीरहेको समयमा मास्क वितरण गरिएको हो ।’ उनले संक्रमण फैलिन नदिनका लागि आमनागरिकहरु सचेत बन्नुपर्ने सुझाव दिए ।


सडकमा हिड्ने झण्डै एक हजार जना लाई मास्क वितरण गरेको उनले बताए । मास्क वितरण कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयको समन्वय रहेको थियो । कामना विकास विकास बैंकका सुदूरपश्चिम प्रदेशमा ५ वटा शाखा रहेका छन् भने मुलुकभर १ सय ३० वटा शाखा रहेका छन् ।



