खुटिया खोला किनारका २१ जना बिपन्नलाई नगर प्रमुख साउदद्वारा खाद्यान्न वितरण

अत्तरिया, २७ साउन- कैलालीको गोदावरी नगरपालिका वडा नं.८ खुटिया खोला किनारका बिपन्न परिवारहरुलाई खाद्यन्न वितरण गरिएको छ ।

खाद्यन्न वितरण कार्यक्रम बोल्दै गोदाबरी नगरपालिका नगर प्रमुख हरि सिंह साउदले यस्ता किसिमका बिपन्न परिवारको आयआर्जन कसरी बलिया बनाउन सकिन्छ, त्यस तर्पm नगरपालिका लागि रहेको बताए ।

Navadurga sun

‘अहिले पनि हामीहरु कोभिडसँग सामना गरी अगाडी बढी गरेका छौ, उनले भने, ‘अहिले पनि प्रभावित भएका ठाउहरुमा बिभिन्न दात्रीसंस्थाले नगरपालिकालाई हस्तान्तरण गरेका खाद्यान्न, स्वास्थ्य सामाग्री लगायतका राहत सामग्री नगरपालिकाले आफ्नो बिनियोजित बजेटबाट यि यस्ता सहयोगहरु गरिरहेको नगर प्रमुख साउँदले बताए ।’

तेस्रो लहरको कोरोना संक्रमणको लक्षणहरु देखापर्न थालेकोले सबै आम नगरवासीले मास्क अनिवार्य रुपमा प्रयोग गर्नु पर्ने बताएका छन् । कोरीयाली नागरिक सिअलमि किमले कोभिडबाट प्रभावित भएका परिवारलाई खाधान्न वितरणका लागि आर्थिक सहयोग गरेका थिए । उक्त सहयोगबाट अति विपन्न परिवारलाई खाधान्न वितरण गरिएको हो ।

खोला किनारमा गिट्टि कुटी गुजरा गर्दै आईरहेका अतिबिपन्न परिवार खाद्यान्न वितरण गरेको मष्टा धाम ब्यबस्थापन समितीका अध्यक्ष तथा समाजिक क्षेत्रमा अग्रपक्तीमा रहनु भएका गणेश जिमी साउदले बताए । खुटिया खोलामा रहेका विपन्न परिवारका महिला, बालबालिका र बृद्धबृद्धा गरी २१ जनालाई खाद्यान्न सहयोग गरिएको बताए ।

गोदाबरी नगरपालीकाका स्वास्थ्य शाखा निबर्तमान शाखा प्रमुख बिर बहादुर कुँवरको समन्वयमा कोरीयाली नागरिक सिअलमि किमको सहयोगले यो खाद्यान्न वितरण गरीएको थियो । उनका अनुसार प्रत्येक महिना १५० डलर पठाउने गरेको छ । यो रकम यस क्षेत्रमा रहेका बिभिन्न किसिमका अति बिपन्न परिवारहरुलाई उनिहरुको अबस्था हेरी आर्थिक सहयोग गरिने उनले बताएका थिए ।

उक्त खाद्यान्न वितरण कार्यक्रमा कणर् बोगटी, प्रकाश कुवर, धन बहादुर बिक, कृष्ण जिमि साउद लगायतका व्यक्तिहरु सहभागी रहेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...