कर्मचारीको बढेपछिको तलब कति–कति पुग्याे हेर्नुहाेस

काठमाडौं, २७ साउन– सरकारले यही साउन महिनादेखि लागु हुने गरी सरकारी कर्मचारीको तलबमान वृद्धि गरेको छ । अर्थ मन्त्रालयबाट २४ साउनमा स्वीकृत भएको नयाँ तलवमानलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै कार्यान्वयनमा आउन लागेको हो ।

Ganyapdhura gau

बजेटले सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्न १ साउन २०७८ देखि लागु हुने गरी सबै राष्ट्रसेवकको तलवमान मासिक २ हजार रुपैयाँले बढाएको थियो । यस अनुसार नयाँ तलवमान कायम गरी एक दिन बराबरको ग्रेड रकम समेत थप गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

Navadurga sun

बढेको तलवका लागि सरकारले आवश्यक बजेटको समेत जोहो गरेको जानकारी गराएको छ । अब सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीले बढेको तलब पाउनेछन् ।

२०५७ साल साउन १ गते भन्दा अगाडि प्राविधिक पदमा नियुक्ति पाई प्राविधिक वा सो सरह तलव भत्ता खाईपाई आएका राष्ट्रसेवक कर्मचारीका लागि २०५७ सालको विशेष व्यवस्था अन्तर्गत प्राविधिक ग्रेड वापत २०७८ असार मसान्तसम्म खाईपाई आएको रकम नयाँ तलवमानमा थप गर्ने समेत अर्थ मन्त्रालयले जानकारी गराएको छ । कर्मचारीको तलव यसअघि २०७६ साउनमा बढेको थियो ।

निजामती कर्मचारी कसको तलब कति हेर्नुहाेस्–

Dadhaldhura pur


ADD Khali jpg
ADD Khali jpg
Loading...