नेपाली सेनाको स्काइ ट्रकले मोटरसाइकललाई ठक्कर दिदा ३ घाईते




अत्तरिया, २७ साउन– कैलालीको गोदावरी वडा नं.८ स्याउमा नेपाली सेनाको स्काइ ट्रकले माेटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना गम्भीर घाईते भएका छन् ।



पूर्वबाट पश्चिम तर्फ आइरहेको प्रदेश ३–०१–००१ ग ३७३२ नम्बरको सेनाको ट्रकले म २ प २१७८ नम्बरको मोटरसाइकलाइ ठक्कर दिदाँ ३ जना गम्भीर घाइते भएक हुन् ।


गम्भीर घाइते तिनै जनालाई अत्तरियाको पदमा अस्पतालमा पठाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



