कैलालीमा झण्डै आधा किलो सुनसहित ३ जना पक्राउ

धनगढी, २७ साउन- कैलालीमा झण्डै आधा किलो अवैध सुनसहित तीन जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय मालाखेतीको सयुक्त टोलीले ४४९.७७ ग्राम सुनसहित तीन जना पक्राउ गरेको हो।

Ganyapdhura gau
Dadhaldhura pur

शैलेश्वरी सुनचाँदी पसल अत्तरियाका सञ्चालक समिर सिजापती, सोही सुनचाँदी पसलमा कार्यरत सुनसरीका राजु बिक र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का भवानी घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

Navadurga sun

उनीहरुको साथबाट ४९ हजार बढी नगद र ५ थान मोबाइल पनि बरामद गरिएको छ। ‘अत्तरियास्थित सडकखण्डमा काठमाडाै‌बाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना८ख ८३४९ नम्बरको महाकाली यातायातको बसलाई चेकजाँच गर्दा उक्त बसका कण्डक्टर घिमिरेको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र नगद २६ हजार बरामद गरिएको थियो,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘बसमै सवार राजु बिकको साथबाट सुनको बाला र सिक्री गरी जम्मा ३४९.८७ ग्राम अवैध सुन बरामद गरिएको हो। उनको साथबाट नगहद ६ हजार ९ सय बरामद गरिएको छ।’

ADD Khali jpg
ADD Khali jpg
Loading...