आज सेती प्रयोगशालामा गरीएको कोरोना परिक्षणमा २९ जना संक्रमण पुष्टि




अत्तरिया, २७ साउन- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार गरिएको कोरोना परिक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको छ ।



पछिल्लो २४ घण्टामा ११७ जनाको नमूना परिक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको छ भने ८८ जनामा कोरोना रिपोर्ट नगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।


त्यसैगरी पछिल्लो २४ घण्टामा अस्पतालमा ८ जना नयाँ कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले बताए । हाल अस्पतालमा २७ जना कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ४ जनाको आइसियुमा २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।




