अत्तरिया- कैलालीकाे अत्तरियामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ७ नम्बर प्रदेश संगठन समितिले विरोध तथा भण्डाफोर कोण सभा कार्यक्रम सञ्चालन गरेको छ । सोमबार समितिले विरोध तथा भण्डाफोर कोण सभा कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नम्बर प्रदेश इन्चार्ज लाल बहादुर जागरीले नेतृत्व गरेका थिए । महङ्गी, मिटर ब्याजी, भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध देशव्यापी रुपमा आज (सोमबार) कार्यक्रमहरू गरिएका हुन् ।
त्यसैगरी कार्यक्रम अत्तरियामा पनि भएको र राष्ट्रमा व्याप्त यस्ता आकृतिहरूको अन्त गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सदैव तयार रहने भनी वक्ताहरूले जोड दिए । प्रदेश कमिटी इन्चार्ज लाल बहादुर जागरी र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य हरि सुवेदीले मुख्य रुपमा बोलेका थिए । कार्यक्रममा बोल्दै इन्चार्ज जागरीले हाम्रा कृषि व्यवसायीहरूले बजार पाउँदैनन् । पाएपनि इन्डियन तरकारी खसी बोकासँग प्रतिस्पर्धा गर्दा सस्तो मूल्यमा बेच्नुपर्ने हुन्छ ।
नेपालका ६० लाख बैंक ऋणीहरूको घरजग्गा बैंकले लिलाम गर्दैछन् । ती सबै सडकमा आउनेछन् । सरकारले कृत्रिम अभाव गरी भ्रष्टाचार गर्ने व्यापारीहरूलाई छुट दिइरहेको छ मिटर ब्याजीहरू सल्बलाइरहेका छन् । जनताका समस्या समाधान गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा सबैले आबद्ध हुनुपर्छ। आज हामीहरूले देशभरि कार्यक्रम गरेका छौँ ।
त्यस्तैगरी कार्यक्रममा विचार राख्ने कमरेड विक्रान्तले जबसम्म दलाल संसदीय व्यवस्थाको अन्त्य हुँदैन तबसम्म मुलुक मुक्त हुँदैन । भ्रष्टाचारि शासकहरूको कठालो समाउने दिन नजिक आइरहेको छ । जनताले साथ दिनुपर्छ हाम्रो पार्टीले यसको नेतृत्व गर्नेछ । हामी अब भ्रष्टाचार विरुद्ध संघर्षको लडाइमा छौँ । हाम्रो पार्टीले भ्रष्टाचारीलाई सार्वजनिक रुपमा कारबाही गर्नेछ ।
पार्टीले आगामी मङ्सिर १३ देखि आउँदो २३ गतेसम्म महाधिवेशनको आयोजना गर्नेछ । जनताको सहयोग बिना क्रान्तिकारी कम्युनिष्ट पार्टी एक्लैले पनि देशमा उथलपुथल गर्न नसक्ने भनी आफ्ना शब्द प्रस्तुत गरे ।