मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु





अत्तरिया, २५ साउन– कैलालीकाे बर्दगोरियामा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका वडा नं. १ स्थित पूर्वपश्चिम राजमार्गमा से७प ८०२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साइकलमा सवार स्थानीय ७२ वर्षीय जगतबहादुर साउदको मृत्यु भएको हो ।


सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साउदको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्युु भएको हो । दुुर्घटनापछि मोटरसाइकल चालक फरार भएकाेले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।



