सुदूरपश्चिममा कोभिशिल्डको दोस्रो डोज साउन २५ देखि लगाइने

धनगढी, २२ साउन- सुदूरपश्चिममा ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले यही साउन २५ गतेबाट खोप लगाइने भएको छ। भुटानले सरकारले पठाएको २ लाख ३० हजार डोज अष्ट्राजेनिका खोप काठमाडौं आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

Ganyapdhura gau
Dadhaldhura pur

जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले साउन २५ गतेदेखि दोस्रो डोज अष्ट्राजेनिकाको खोप अभियान सुरु हुने भएको छ । साउन २५ गतेदेखि कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप दिइने उनले बताए ।

Navadurga sun

फागुन तेस्रो साता ६५ वर्षमाथिका जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड नामक खोपको पहिलो डोज लगाएका थिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो डोज १२ हप्तापछि लगाउनुपर्ने बताएपनि खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप भारतले नदिएपछि उनीहरु दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...