आरडि कालिकाको आयोजनामा धनगढी-गोदावरी साईकल र्याली २०७८ हुने




धनगढी, २२ साउन- आरडि कालिका सप्लायर्स प्रालि धनगढीको आयोजनामा साउन २३ गते शनिबार धनगढी गोदावरी साईकल र्याली २०७८ हुने भएको छ । शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी साईकल र्यालीको बारेमा जानकारी दिएको हो ।



स्वास्थ्य जीवन वातावरण संरक्षण तथा पर्यटन प्रवद्धृनका लागि साईक्लिङ्ग भन्ने नाराका साथ साईकल र्यालीको आयोजना हुन लागेको हो । सो कार्यक्रमलाई प्रित ट्रयाक्टर सुदूरपश्चिम प्रदेश धनगढीले प्रायोजन गरेको छ भने फारवेस्र्टन राईडर्स क्लब एवं धनगढी उपमहानगरपालिकाको सहयोग र समन्वयमा साईकल र्याली हुन लागेको आयोजकले जनाएको छ ।


फारवेस्र्टन राईडर्स क्लबका संयोजन भरत शाहका अनुसार शनिबार बिहान ७ बजे धनगढीको चौराहाबाट सुरु भएर गोदावरी पुग्ने जनाएको छ । त्यहाँ पुगेपछि गोदावरी क्षेत्रको सरसफाई गर्ने कार्यक्रम समेत तय भएको उनले बताए ।



