माया मेट्रो अस्पतालमा बिरामी भेट्न अस्पताल पुगेका युवायुवती पक्राउ, लागुऔषध बरामद

अत्तरिया, २२ साउन : धनगढीमा ब्राउन सुगरसतिह युवायुवती पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिकाका युवायुवती धनगढीको माया मेट्रो अस्पतालबाट ब्राउन सुगरसहित पक्राउ परेका हुन्।

Ganyapdhura gau
Dadhaldhura pur

पक्राउ पर्नेमा २२ वर्षीय रमेश विसी र २६ वर्षीया चन्दा विसी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। उनीहरुको साथबाट ४ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।

Navadurga sun

विरामीलाई भेट्न गएका उनीहरुलाई शंकाको आधारमा चेकजाँच गर्दा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ। उनीहरुलाई अस्थायी प्रहरी चेक पोष्ट चटकपुरको टोलीले नियन्त्रणमा लिएको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...