एक युवक अत्तरियावाट सात दिन देखि बेपत्ता

अत्तरिया, २१ साउन- जिल्लाको गोदावरी नगरपालिका अत्तरियावाट एक जना युवक बेपत्ता भएका छन् । गोदावरी नगरपालिका वडा नं. ८ स्याउले बजार घर भएका २० बर्षिय शेर बहादुर बोहरा अत्तरिया बजारवाट बेपत्ता भएका हुन् ।

Dadeldhura hospital

यही साउन १५ गते घरवाट अत्तरिया बजार जान्छु भनि हिडेका बोहरा त्यसपछि बेपत्ता भएको उनको परिवारिक स्रोतले बताएको छ ।

Navadurga sun
Godawari sandesh

५ फिट २ इन्च उचाई रहेका उनी स्पष्ट संग बोल्न नसक्ने रहेको उनका बुवा बिर बहादुर बोहराले बताए । शारीरिक बनावट हेर्दा गहँुगोर वणर् भएको, दायाँ हातको चोर औँला बङगो भएको, कालो हाप पाइन्ट र रातो टी सर्ट लगाएको उनका बुवा बिर बहादुरले बताए । बोहराले यि युवकलाई कहि कतै देखेमा निम्न नं ९८४८४९८२८६ वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन समेत अनुरोध गरेका छन् ।

Loading...