सुदूरपश्चिम प्रदेश सभाको बैठक दुई मिनेटमै सकियो

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आज देखी सुरू भएको छ । आजको बैठक साढे दुई मिनेटमा सकिएको छ । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र सभामुख भिम भण्डारीले पढेर सुनाउने मात्रै आजको कार्यसूची तय रहेको थियो ।

प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाका एक चौथाई भन्दा बढी सांसदले विशेष अधिवेशन माग गरेपछि आज को बैठक बोलाएका हुन । बैठकमा सरकार पक्षिय सांसदहरुको भने उपस्थिती रहेको थिएन । केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि सुदूरपश्चिम सरकारबाट असार २० गते एमाले बाहिरएको थियो।

Navadurga sun

एमाले बाहिरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ सोडारीले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पारित गराउन नसकेपछि बजेट शून्यतामा गएको छ। बजेट शून्यताको अवस्था आएपछि प्रदेश प्रमुख मियाँले बुधबार संसदको विशेष अधिवेशन आह्वान गरेको जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...