



कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१८ भगतपुरबाट २० वर्षीय दिप्पु चौधरी र २९ वर्षीय अशोक चौधरी शुक्रवार पक्राउ परेका हुन् ।


लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले अशोक चौधरीको खल्तीमा शुन्य दशमलव ३० ग्राम लागूऔषध फेला पारी दुबै जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।





