नक्कली परीक्षार्थी मार्फत प्रहरीको लिखित परीक्षा दिएको आरोपमा ५ जना पक्राउ




डोटी, १९ साउन- सुदूरपश्चिम प्रदेशमा नक्कली परीक्षार्थी मार्फत प्रहरी जवानको लिखित परीक्षा पास गरेको आरोपमा ५ जना युवक पक्राउ परेका छन् ।



सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिने क्रममा लिखित परीक्षा नक्कली परीक्षार्थीमार्फत दिएको खुलेपछि उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


पक्राउ पर्नेमा बझाङको तलकोट गाउँपालिका वडा नं. ३ का सुदीपकुमार रोकाया, दुर्गाथली गाउँपालिका वडा नं. ५ का दीपेन्द्र जप्रेल, कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १६ का सुन्दर चौधरी, कैलारी गाउँपालिका वडा नं. ७ का रामनरेश चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ४ का नरेन्द्र धामी पक्राउ परेको प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले जानकारी दिए ।



