गौरीगंगामा मोटरसाईकल दुर्घटना : ४१ बर्षीय पुरुषको मृत्यु

Dadeldhura hospital

धनगढी, १९ साउन- धनगढीका एक पुरुषको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नं. १५ का ४१ वर्षीय लालबहादुर चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका वडा नं.३ मा मोटरसाइकल दुर्घटना भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा मोटरसाइलक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

Loading...