दार्चुलामा भारतीय एसएसबीले गरे नेपाली महिलाको उद्धार





दार्चुला, १९ साउन- भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरुले बिरामी भएकी दार्चुलाकी नेपाली महिलालाई अस्पताल पुर्याएर सहयोग गरेको छ ।


बिरामी महिलालाई सीमा पार गर्नका लागि एसएसबीले चार नेपाली नागरिकहरुलाई पनि ती महिलासहित नेपाल क्षेत्रसम्म जाने अनुमति दिएको थियो । नेपालतर्फ एपीएफको छांगरु पोस्टमा निर्माण कार्य चालिरहेको कारण नेपालीहरुको आवतजावतमा समस्या परेको छ।



