बोगटान फुड्सिल गाउँपालिकाका ३३ जनालाई बाख्रा वितरण

डोटी- बोगटान फुड्सिल गाउँपालिकाका ३३ जना विपन्न वर्गका व्यक्तिहरूलाई बाख्रा वितरण गरिएको छ । पालिकाको वडा नम्बर ३ कानाचौर १७ जना केही दिन अघि र वडा नम्बर २ केदार अखडाका १६ जनालाई बाख्रा वितरण गरिएको हो ।

युएमएन डोटी कलस्टर र सिड नेपाल डोटीको साझेदारीमा सञ्चालित ‘बालबालिका उत्थानशील विकास परियोजना’ अन्तरगत विभिन्न समूहका न्यून आय भएका सदस्यहरूलाई बाख्रा वितरण गरिएको सिड नेपालका सामुदायिक विकास सहजकर्ता यम बमले जानकारी दिए ।

Navadurga sun

उनका अनुसार विभिन्न गाउँ तथा टोलमा गठन भएका समूहहरूले छनोट गरेर पठाएका आर्थिक अवस्था कमजोर भएका लक्षित सदस्यहरूलाई प्रति व्यक्ति चार ओटा बाख्राका दरले एक सय ३२ ओटा बाख्रा वितरण गरिएको हो । बाख्रा पाएपछि उनीहरूले खुसी व्यक्त गरेका छन् र बाख्रा आम्दानीको स्रोत बन्ने अपेक्षा राखेका छन् । गाउँपालिकाको वडा नम्बर ५ धिर्कामाण्डौ र वडा नम्बर ६ गगुडामा पनि बाख्रा वितरण गरिने सिड नेपालले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...