कर्णाली नदिमा डुंगा दुर्घटना हुदाँ ३ जना बेपत्ता, २ जना घाईते

धनगढी, १७ साउन- कर्णाली नदिमा डुंगा दुर्घटना हुदाँ ३ जना बेपत्ता भएका छन कैलालीको मोहन्याल गाउँपालिकाबाट काठको डुंगा चढेर सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत बिजौरा जाने क्रममा डुंगा पल्टिएको हो । डुंगा पल्टिएर  दुर्घटना हुँदा ३ जना बेपत्ता भएको कैलाली प्रहरीले जानकारी दिएको छ । भने २ जना घाईते भएका छन् ।

Dadeldhura hospital

डुंगा दुर्घटना हुदाँ बेपत्ता हुनेमा मोहन्याल गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २० की उर्मिला सलामी मगर, उर्मिलाको १० महिनाको बच्चा र सोही ठाँउ बस्ने २० बर्षकी पार्वती थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । यस्तै घाईते हुनेमा मोहन्याल गाउँपालिका वडा नम्बर ३ बस्ने १९ बर्षकी धनसरा सलामी मगर, उनकै एक महिनाको छोरो कर्ण सलामी रहेका छन् । धनसराको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

बालबालिकालाई नियमित खोप लगाउन उनीहरु मोहन्याल गाउँपालिका अन्तर्गत मलेखाबाट सुर्खेतको विजौरा जाने क्रममा दुर्घटनामा परेका हुन् । वर्षामा बढेको कर्णाली नदीमा डुंगाबाट खसेर बेपत्ता भएपछि खोज्न समेत समस्या भएको बताइएको छ ।

Loading...