कञ्चनपुरमा एक पुरुषको पानीमा डुबेर मृत्यु

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा एक पुरुषको पानीमा डुबेर मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनखेत स्थित नहरमा डुबेर जाँजरकोटको शिवमितास नगरपालिका–१ सल्ला गाँउ घर भई हाल भीमदत्त नगरपालिका–५ बनखेत कृयापुत्रि भवनमा बस्ने अन्दाजी ४५ वर्षीय भुवन बुढाथोकीको आइतबार मृत्यु भएको हो ।

बुढाथोकी नहरको पानीमा डुबेको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटिई उनलाई उद्धार गरी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।  

Loading...