कैलालीबाट लागूऔषध सहित दुई जना पक्राउ

कैलाली- कैलालीमा लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय हेमन्त कार्की र टीकापुर नगरपालिका–१ खडेनाका १९ वर्षीय निराजन सिंह रहेका छन् । 

हेमन्त कार्कीलाई ५१ ० मिलिग्राम लागूऔषध सहित गोदावरी नगरपालिका– ५ गेटाबाट विशेष सुचनाको आधारमा पैदल हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो, भने निराजन सिंहलाई २९० मिलिग्राम लागूऔषधसहित टीकापुर नगरपालिका–१ खडेनाबाट पक्राउ गरिएको हो । दुबै जनालाई शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...