Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरमा लागूऔषध सहित दुई जना पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर– कञ्चनपुरमा लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । बेदकोट नगरपालिका–६ घुर्सुवाबाट लागूऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा सोही ठाउँ बस्ने २७ वर्षीय अबिशेक चटौतलाई ०.०९ ग्राम लागूऔषध (खैरो हेरोईन) सहित शुक्रवार नियन्त्रणमा लिएको छ ।

Malpot office dadeldhura

चटौतलाई सोधपुछ गर्दा सोही ठाउँ बस्ने सागर साउँदले लागूऔषध किनबेच गर्ने गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

साउँदको घरमा खानतलासी गर्दा उनको घरमा लुकाई छिपाई राखेको अवस्थामा ०.११ ग्राम लागूऔषध (खैरो हिरोईन) डिजिटल काँटा र प्लाष्टिकको पुडिया बनाउन काटेको कालो प्लाष्टिक बरामद भएको प्रहरीले जनाएको छ । साउँद घरमा फेला नपरेको प्रहरीले जनाएको छ। उनी फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...