धनगढी- कैलालीमा लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका–५ नुक्लिपुरबाट सोही ठाउँ बस्ने २३ वर्षीय रबि चौधरी ६३० मिलिग्राम लागूऔषध सहित पक्राउ परेका छन् ।
त्यस्तै गौरीगंगा नगरपालिका–८ बडैपुर स्थित हसुलिया जाने सडकको दक्षिण साइडमा रहेको गौरी गणेश सामुदायिक वन भित्रबाट धनगढी उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय सरोज चौधरी पक्राउ परेका छन् ।
सरोजलाई २१० मिलिग्राम लागूऔषध सहित नियन्त्रणमा लिइएको हो । दुई जनालाई बुधवार नियन्त्रणमा लिइ थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।