Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरमा पूर्वजनमुक्ति सेना सहिद र बेपत्ता परिवारलाई बाख्रा वितरण

Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा तत्कालीन नेकपा माओवादीका लडाकु पूर्वजनमुक्ति सेना, सहिद, घाइते एवं बेपत्ता परिवारलाई बाख्रा वितरण गरिएको छ ।

Malpot office dadeldhura

जिल्लाको कृष्णपुर नगरपालिका–३ नम्बर वडाले पूर्वजनमुक्ति सेना, सहिद एवं बेपत्ता परिवारलाई बाख्रा वितरण गरेको हो। सोमबार कृष्णपुर नगरपालिका–३ ले पूर्वजन सेना, सहिद परिवार, घाइते र बेपत्ता भएका आफन्तका परिवारलाई बाख्रा वितरण गरेको हो ।

कृष्णपुर नगरपालिका–३ का वडाध्यक्ष खेमराज चौधरीले वर्तमान व्यवस्था ल्याउनमा पूर्वजनमुक्ति सेना, सहिद परिवार, घाइते र बेपत्ता योद्धाको महत्वपूर्ण भूमिका भएकाले सम्मानस्वरूप एक–एक उन्नत जातका बाख्रा प्रदान गरेर सम्मान गरिएको बताए । वडाध्यक्ष चौधरीका अनुसार पूर्वजनमुक्ति सेना नौ, सहिद परिवार ६ र बेपत्ता एक परिवारलाई बाख्रा र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...