नेविसंघको ध्यानाकर्षण पत्र

सुप विश्वविद्यालयले बिधार्थीहरुलाई मारमा पार्ने काम गरेकोप्रति विज्ञप्ति पेश

अत्तरिया- सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पछिल्ला कदमप्रति नेपाल बिधार्थी संघले आफ्नो ध्यानाकषर्ण भएको जनाएको छ । नेविसंघका नेताहरुले आइतबार सुप विश्वबिद्यालयको आंगिक दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डम्बर पाललाई एक विज्ञप्ति बुझाउदै विश्वबिद्यालयका पदाधिकारीहरुले यस क्षेत्रको आवश्यकता र मागलाई भन्दा पनि आफ्नो निजि स्वार्थ अनुसार संचालन गरिरहेको भन्दै ध्यानाकर्षण गराएको छ ।

Navadurga sun

विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि विभिन्न संकायमा गरिएको शुल्क वृद्धि, परीक्षा शुल्कमा गरिएको दोब्बर बृद्धि, बिश्वबिद्यालय तथा आंगिक क्याम्पसहरुमा सञ्चालित बिभिन्न कार्यक्रमका प्रवेश परीक्षामा भएको अनमियतता र अपारदर्शीतालाई प्रमुख उदाहरण रहेको नेविसंघको ठम्याई रहेको छ ।

कोरोनाका कारणले आर्थिक रुपमा ग्रसित अभिभावकहरुको ढाड सेक्ने कार्य गरिनु निन्दनीय रहेको बिज्ञप्तीमा भनिएको छ । साथै २०७७ सालमा फागुन २४ गते लिइएको बि.बि.ए प्रवेश परीक्षाको नतिजा बिना कुनै ठोस प्रमाण नतिजा रोकि बिधार्थी तथा अभिभावकलाई मानसिक तनाब दिने कार्य गरिएको हुदाँ उक्त स्थगित बि बि ए प्रवेश परीक्षाको यथार्थता छानबिन गरी दोषि उपर आवश्यक कारबाही गरी रद्ध गरिएका आंगिक क्याम्पसहरुमा पुन प्रवेश परीक्षा यथाशिघ्र संचालन गर्न जोडदार माग गर्दछौ नेविसंघ सुदूरपश्चिम बिश्वबिद्यालय समन्ब्य समितिका निवर्तमान सदस्य जगतराम महराद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...