Division ban Pahalmanpur

कञ्चनपुरमा अवैध काठ सहित ट्याक्टर नियन्त्रणमा

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा अवैध काठसहित प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ । जिल्लाको पुनर्वासबाट अवैध काठसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी निरीक्षक वीरचन्द्र भट्ट नेतृत्वको गस्ती टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।

Malpot office dadeldhura

मंगलबार बिहान पुनर्वास नगरपालिका–११ अमरबस्तीबाट ट्याक्टरसहित ट्रलीमा भरिएको १४० दशमलव ८५ क्युफिट सालका १२ थान गोलिया बरामद गरिएको छ ।

भारतीय दुधुवा नेशनल पार्क नजिकको वन क्षेत्रबाट नेपालतर्फ आइरहेको अवस्थामा से १ त ३८७३ नम्बरको ट्याक्टरसहित काठ बरामद गरेर कुण्डा सव–डिभिजन वन कार्यालय पच्कडियाको जिम्मा लगाइएको छ । कुण्डा सव–डिभिजन वन कार्यालय पच्कडियाका प्रमुख वन अधिकृत दिनेशकुमार यादवले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...