कञ्चनपुरमा लागूऔषध सहित दुई जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ पशुपती टोलबाट बैतडीको दोगडाकेदार गाउँपालिका-२ बस्ने ३६ वर्षीय नरबहादुर बिष्ट ९३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित पक्राउ परेका हुन् ।

त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरिया नहर रोडबाट सोही ठाउँ बस्ने ३० वर्षीय हर्कबहादुर देउवा बुधवार पक्राउ परेका हुन् । देउवाको साथबाट ३ सय ८० मिलिग्राम र उनकै घरमा खानतलासी गर्दा ४.५४० ग्राम लागूऔषध (खैरो हेरोईन) तथा नगद २५ हजार ४१० रुपैँया सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Loading...