Division ban Pahalmanpur

धनगढीमा तेस्रो चरणको हरियो प्रवर्द्धन कार्यक्रम सुरु

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- धनगढी उपमहानगरलाई हराभरा बनाउने अभियान अन्तर्गत तेस्रो चरणको हरियो प्रवर्द्धन कार्यक्रम सुरु भएको छ । आज (मंगलबार) धनगढी उपमहानगरपालिका–१ हुलाकी सडक खण्डमा बिरुवा रोपेर कार्यक्रमको प्रारम्भ गरिएको छ । वडा नम्बर १ का वडाअध्यक्ष सन्तोष मुडभरीले तेस्रो चरणको खण्ड ‘घ’ मा बिरुवा रोपेर हरियो, सफा र सुन्दर वडा बनाउने कार्यको प्रारम्भ गरेका हुन् ।

धनगढी उपमहानगरपालिकाका अनुसार तेस्रो चरणको हरियो प्रवर्द्धन कार्यक्रममा ५ हजार ५ सय बढी विभिन्न प्रजातिका बोट रोप्ने लक्ष्य लिइएको छ । धनगढी विमानस्थल जोड्ने सडक तथा वडा नम्बर १३, चक्रपथ र वडा नम्बर २ देखि वडा १४, फूलबारी सम्मको हुलाकी सडकको दुवै किनारामा ठूलो परिमाणमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ ।

Malpot office jogbudha

तेस्रो चरणको हरियाली प्रवर्द्धन अभियान अन्तर्गत धनगढी विमानस्थल देखि ६ लेन सडकसम्म ४ सय ५० बिरुवा लगाइने तयारी छ । उपमहानगरपालिका कार्यालयले तेस्रो चरणको हरियाली अभियानमा विमानस्थल सडक, चक्रपथ र हुलाकी सडकको दुवै किनारामा विभिन्न प्रजातिका बिरुवा रोपिने जनाएको छ ।

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले भने– तेस्रो चरणको हरियाली प्रवर्द्धन अभियानमा साढे ५ हजार बढी बिरुवा रोपिने छन् । उपमहानगरपालिकाले वृहत वृक्षारोपण अभियान सुरु गरे देखि नै आम नगरवासीलाई समेत अभियानमा सहभागी बनाउँदै आएको छ । वृक्षारोपण अभियानका क्रममा उपमहानगरपालिकाले आह्वान गरेपछि देशभित्र र विदेशमा रहेका व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त भइरहेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत खातीले भने– नागरिकबाट प्राप्त भएको रकमबाट हामीले बिरुवा र घेरबार किनेर वृक्षारोपण कार्य अघि बढाएका छौ । उपमहानगरपालिकाले हरियाली युक्त धनगढी सहर नारा सहित चालू आर्थिक वर्ष २०७९/०८० बाट वृक्षारोपण अभियान अघि बढाएको छ । अहिले सम्म उपमहानगरपालिका भित्रको ६ लेन सडकको बीच (मेडियन) र दुवै किनारामा वृक्षारोपण भइसकेको छ ।

त्यस्तै, क्याम्पस चोकदेखि मनेहरा सम्मको हुलाकी सडकमा पनि वृक्षारोपण कार्य पुरा भएको छ । बजार क्षेत्रका निर्माण भइसकेका सडकहरूमा समेत वृक्षारोपण भएको छ । उपमहानगरपालिकाले रोपिएका बिरुवाको सुरक्षाका लागि तारजाली (ट्री–गार्ड) राख्नुका साथै मल हाल्ने, सिँचाईं गर्ने र नियमित रुपमा गोडमेल गर्ने काम गरिरहेको छ । हरियाली धनगढी अभियान अन्तर्गत तेस्रो चरण सम्म धनगढीमा ११ हजार ७२४ बिरुवा रोपिने जनाइएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...