धनगढीले पायो अवार्ड सहित १ लाख राशिको प्रकृति संरक्षण पुरस्कार

धनगढी- धनगढी उपमहानगरपालिकाले अवार्डसहित १ लाख धन राशिको प्रकृति संरक्षण पुरस्कार पाएको छ । विश्व प्रकृति संरक्षण कोष, नेपालले प्रकृति संरक्षणमा उच्च योगदान दिएको भन्दै अवार्ड सहित सो पुरस्कार प्रदान गरेको हो ।

विश्व प्रकृति संरक्षण कोष नेपालको ३१ औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा धनगढी उपमहानगरपालिकालाई प्रकृति संरक्षणमा उच्च योगदान दिएको भन्दै “विश्व प्रकृति संरक्षण अवार्ड–२०२४ प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं वन तथा वातावरण मन्त्री नवल किशोर साह सुठीले नगर प्रमुख गोपाल हमाललाई अवार्ड सहित पुरस्कृत गरेका हुन् ।

Loading...