धनगढीमा कोभिड बिरुद्धको खोप लगाउनको लागि धरदौलोमा पुगी नामदर्ता गरिदै

धनगढी, ११ साउन- धनगढी उप-महानगरपालिकाले कोभिड खोप लगाउने कार्यलाई ब्यबस्थीत गर्नका लागि घरदैलोमा नै पुगेर नाम दर्ता गर्न थालेको छ । अनलाईन नामदर्ताका लागि उप-महानगरपालिकाले १९ वटै वडामा स्वयंसेवकहरुलाई परिचालन समेत गरेको हो ।

कोभिड खोप लगाउनबाट कोहि बन्चीत नहुन भनेर घरमै पुगेर १८ बर्ष भन्दा माथीका ब्यक्तिहरुको नामदर्ता सुरु गरेका छौं धनगढी उप-महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले भने, ‘नामदर्ता पछि खोप लगाउने कार्य पनि ब्यबस्थीत हुने छ ।’

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

धनगढी उप-महानगरपालिकाले साउन ६ गतेबाट घरघरमा पुगेर अनलाईन नामदर्ता अभियान सुरु गरेको थियो नगरप्रमुख वडले भने, ‘अहिले ४० जना यूवा स्वयंसेवकहरु घरदैलोमा पुगेर अनलाईन नामदर्ता गरि रहेका छन् ।’ श्रावण मसान्त सम्म धनगढी उप-महानगरपालिकाले १ लाख ५० हजार जनाको नामदर्ता गरिसक्ने लक्ष्य लिएको बताईएको छ। वडाहरुका साथै जिल्ला प्रशासन कार्यालय कैलाली, जिल्ला मालपोत, सेती प्रादेशीक अस्पताल, धनगढी उप-महानगरपालिका परिसर र धनगढी चौराहामा समेत अनलाईन नाम दर्ताका लागि स्वयंसेवकहरु खटिएको बताएका छन् ।

धनगढी उप-महानगरपालिकाका उप-प्रमुख सुशीला मिश्र भट्टले अनलाईन नामदर्ताका लागि खटिएका स्वयंसेवकहरुलाई आफ्नो विवरण सहयोग गर्न नगरवासीमा अनुरोध गरेको बताईन । नामदर्ता गरिएपछि खोप लगाउने कार्य ब्यबस्थीत हुने उप-प्रमुख भट्टले भनिन्, ‘नामदर्ता पछि खोप लगाउने ब्यक्तिले खोप लगाउने आफ्नो पालो मोवाईल म्यासेजबाट थाहा पाउने छन् जसले गर्दा खोप केन्द्रमा भिड कम हुने छ ।’

अनलाईन नामदर्ता अभियानका संयोजक प्रेम ढुंगानाले धनगढी उप-महानगरपालिकाबासीले यो अभियानलाई अवसरको रुपमा लिनुपर्ने बताए । उनले भने, यो अभियान प्रदेशभरीमा धनगढीले मात्रै संचालन गरेको छ ।’ अभियानमा धनगढी उप-महानगरपालिका संग नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, यूएनडिपीको सहकार्य र साझेदारी समेत रहेको छ ।

Loading...