Satyawati
Division ban Pahalmanpur

प्रदेश सभा उपनिर्वाचन : उम्मेदवारलाई घरदैलो गर्न भ्याइ–नभ्याई

Sostya office Dadeldhura
Purbadhar dadeldhura

बझाङ- यही वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि उम्मेदवारहरू घरदैलोमा दौडधुप गरिरहेका छन् । आफ्ना पक्षमा मत पार्नका लागि विभिन्न कार्यसूची (एजेन्डा) सहित उम्मेदवारहरू ५० वडामा पुग्ने तयारी गरिरहेका छन् ।

Malpot office dadeldhura

तलकोट र साइपाल गाउँपालिकाबाट घरदैलो अभियान गरेका राजनीतिक दल शनिबार भने छविसपाथीभेरा गाउँपालिकामा पुगेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार दमन भण्डारीको टोलीले तलकोट र साइपालमा घरदैलो अभियान गरेर फर्किएपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका दलले पनि सोही पालिकाहरूमा भोट मागे ।

पालिकाबाट टाढाको पालिका भएको हुँदा प्रचार अभियान सुरुमै गरेको माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले बताए । उनका अनुसार पालिकामा अभियानमा जाँदा संयोगवश अन्य दल पनि सोही पालिकामा प्रचार गरिरहेका देखिए । “यद्यपि पालिका भित्र भने सँगसँगै नभएर विभिन्न वडा–वडामा घरदैलो अभियानमा गयौँ,” उनले भने । ११ राजनीतिक दलबाट उम्मेदवारी दिएका उम्मेदवारले आफूलाई निर्वाचित गराउन विभिन्न ‘एजेन्डा’हरू सार्वजनिक गरिरहेका छन् । सबै उम्मेदवारको साझा एजेन्डा भने ताक्लाकोट सडक र बिजुली नै छ । ठूला दलले आफ्नो पार्टी सरकारमा हुँदा सडकमा बजेट हालेको जनाउँदै भोट मागिरहेका छन् भने साना दलहरूले ठूला दलले काम गर्न नसकेको आरोप लगाएका छन् ।

कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंह, एमालेका दमन भण्डारी, माओवादी केन्द्रका जनक बुढाले ताक्लाकोट सडक आफ्नो पार्टी सरकारमा गएको बेलामा सडकमा बजेट हालेको र सम्पन्न पनि आफ्नै सरकार भएपछि हुने जनाउँदै भोट मागिरहेका छन् । यसलाई खण्डन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्का, मातृभूमि पार्टीका गजेन्द्र बहादुर थापा सहितका साना दलले भने ठूला दलले आफूले सरकारमा हुँदा आएको बजेट कार्यकर्तालाई पाल्न मात्रै भएको आरोप लगाउँदै भोट मागिरहेका छन् । रासस

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...