कञ्चनपुर- कञ्चनपुरबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट लागूऔषध २६ थान फेनारगन र २६ थान बुप्रेनोरफिन सहित दुई जना पक्राउ परेका हुन् ।
भीमदत्त नगरपालिका–४ का २० वर्षीय चक्र सुनार सहित दुई जनालाई शनिबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुबै जनालाई भारतबाट नेपाल आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।