सुदूरपश्चिममा १५ लाख थान पाठ्यपुस्तक बिक्री वितरण

धनगढी- जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको जनाएको छ । नयाँ शैक्षिक सत्र २०८१ का लागि प्रदेशका नौ वटै जिल्लामा स्थानीय पुस्तक बिक्रेता मार्फत केन्द्रले पुस्तक बिक्री वितरण गरेको हो ।

Dadeldhura hospital

उक्त पुस्तक बिक्री वितरण बाट  १८ करोड रुपैयाँ बराबरको कारोबार गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख राम बहादुर कुँवरले बताए । उनका अनुसार केन्द्रले आगामी शैक्षिक सत्र २०८१ का लागि प्रदेशभरि १९ लाख १५ हजार १ सय ८५ थान पाठ्यपुस्तक बिक्री वितरण गर्ने लक्ष्य लिएको छ । 

Godawari sandesh
Navadurga sun

प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगी सकेको कार्यालय प्रमुख कुँवरले बताए । ‘सात पहाडी जिल्लाका सबै ठाउँमा पाठ्यपुस्तक पुगी सकेको छ । केही छुटेका ठाउँमा पनि शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुर्‍याउँछौँ’, उनले भने, ‘हामी सँग पाठ्यपुस्तक पर्याप्त छ । कैलाली र कञ्चनपुरमा पनि अधिकांश ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ । बाँकी पाठ्यपुस्तक शैक्षिक सत्र अगावै पुग्छ ।’ केन्द्रले यही चैत १३ गते देखि पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको थियो भने सबै भन्दा पहिले प्रदेशको विकट हिमाली जिल्ला बाजुरामा पाठ्यपुस्तक ढुवानी सुरु गरेको थियो । 

कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रले बिक्री वितरण गर्दै आएकोमा आगामी शैक्षिक सत्रका लागि भने जनक शिक्षाले कक्षा ३ र ४ को पाठ्यपुस्तक २० प्रतिशत छुटमा बिक्री वितरण गरिरहेको कार्यालय प्रमुख कुँवरले बताए । चालु शैक्षिक सत्रमा केन्द्रले यस प्रदेशमा कक्षा ६ देखि १२ सम्मका १७ लाख ४१ हजार थान पाठ्यपुस्तक बिक्री गरेको जनाइएको छ ।

Loading...