
अत्तरिया- नेपाली कांग्रेसले उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ । बझाङ प्रदेश सभा–१ निर्वाचन परिचालन कमाण्डरमा एनपी साउद तोकिएका छन् ।


बझाङमा खटाइएका साउद कञ्चनपुरबाट प्रतिनिधि सभाका लागि निर्वाचित सदस्य हुन् । बझाङ प्रदेश सभा–१ का लागि कांग्रेसले अभिषेक बहादुर सिंहलाई उम्मेदवारी दिएको छ ।

