कैलालीको गेटामा पुरुषको शव फेला

Dadeldhura hospital

अत्तरीया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ५ गेटामा एक जना पुरुषको मृत फेला परेको छ । शिनबार बिहान स्थानीयवासीले सडकछेउको कलभर्टमा पानी जमेको खाल्डोमा तैरिएका अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय मालाखेतिको टोलीले शवलाई पानीबाट निकालेको छ।

ईलाका प्रहरी कार्यालय मालाखेतिका अनुसार मृतक पुरुषको परिचय खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

Loading...