सुदूरपश्चिममा प्रहरीले समात्यो ३ सय १३ जुवाडे

धनगढी- सुदूरपश्चिममा ३ सय १३ जुवाडे पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले जुवा खालबाटै पक्राउ गरेको हो । प्रहरीले नगद र तास सहित सो संख्यामा जुवाडेहरु लाई नियन्त्रणमा लिएको हो । चालु आर्थिक वर्षको ८ महिनामा प्रहरीले सबै भन्दा बढी कैलाली र कञ्चनपुरबाट जुवा खेल्ने र खेलाउने समुहलाई नियन्त्रणमा लिएको छ।

चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्त सम्म जुवा खेलमा संलग्न ३ सय १३ जना पक्राउ परेको प्रहरीको अभिलेख छ। जुवा खेल विशेष गरि होटलमा बढी हुने गरेको पाइएको छ । जुवा खेल कैलालीको धनगढी, अत्तरिया, टीकापुर र कञ्चनपुरको महेन्द्रनगर, झलारी, वेलौरी, दोधारा–चाँदनी लगायत क्षेत्रमा बढी हुने गरेको छ ।

Navadurga sun

प्रहरीले पक्राउ गरेका जुवाडेहरू बाट तास सहित नगद समेत बरामद गरेको छ । साथै जुवा खेल्ने र खेलाउने समुहलाई नियन्त्रणमा लिएर प्रहरीले मुद्दा समेत चलाउने गरेको छ । जुवा खेलेको विशेष सूचनाका आधारमा प्रहरीले संलग्नहरु लाई पक्राउ गर्ने गरेको छ । मुलुकी अपराध संहिता, २०७४ ले जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने दफा अन्तर्गत पहिलो पटक जुवा खेल्ने वा खेलाउने लाई तीन महिना सम्म कैद वा ३० हजार सम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ ।

यसैगरी दोस्रो पटक देखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्ष सम्म कैद र ५० हजार सम्म जरिवाना र त्यस पछिको कसुरमा पटकै पिच्छे थप तीन महिना सम्म कैद र १० हजार सम्म जरिवाना गर्ने व्यवस्था रहेको छ। जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चल अचल सम्पत्ति जफत हुने कानुनी प्रावधान समेत छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...