गोदावरी पत्रकार मञ्चका पदाधिकारीलाई प्रदेश सांसद चौधरीले गरिन सम्मान

अत्तरिया- सुदुरपश्चिम प्रदेशसभा सांसद चुनकुमारी चौधरीले कैलालीको अत्तरियामा गठन भएको गोदावरी पत्रकार मञ्चका पदाधिकारीलाई बधाईसहित सम्मान गरेकी छन् । शुक्रवार सांसद चौधरीले आफनै निवासमा आमन्त्रण गरेर मञ्चका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएकी हुन्।

गोदावरी पत्रकार मञ्चका अध्यक्ष हेमराज भट्टको सभापत्विमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सासंद चौधरी रहेको मञ्चका प्रवक्ता प्रेमसिंह विष्टले बताए । कार्यक्रममा प्रमुख अतिथि संसाद चौधरीले नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गदै बधाई दिएको उनले बताए ।

Navadurga sun

प्रदेश राजधानी समेत रहेको अत्तरियामा यत्रतत्र छरिएर रहेका पत्रकारहरु एक जुट भएको खुसी व्यक्त गर्दै सम्पूणर् पत्रकारहरुलाई निष्पक्ष भएर यस क्षेत्रमा भएका साझा समस्याहरु उठान गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आग्रह समेत गरिन् l

उक्त कार्यक्रममा मञ्चका उपाध्यक्ष अनिल पन्त, प्रबक्ता प्रेमसिंह बिष्ट, सहसचिब खेमराज भट्ट, कोषाध्यक्ष करिश्मा सिंह, प्रकाशबहादुर बोहरा लगाएतका पदाधिकाहरुको सहभागिता थियो । मञ्चकाप्रबक्ता बिष्टले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संञ्चालन सचिब नरेशनाथ योगीले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...