कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना

धनगढी- कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना भएको छ । चौमालाबाट धनगढी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१२ प २३३६ नम्बरको स्कुटर र सुदूरपश्चिम प्रदेश ००१ क ४११७ को स्काभेटर संग आज ठोकिदा दुर्घटना भएको हो। दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा स्कुटर चालक र स्कुटर पछाडि सवार धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबाका मनोज बम र गौरीगङ्गा नगरपालिका १ गोब्काका अनिश चन्द रहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। स्काभेटर चालक प्रहरी नियन्त्रणमा रहेको र घाइते दुवैको पदमा अस्पताल अत्तरियामा उपचार भैरहेको प्रहरीले जनाएको छ।

Loading...