धनगढी रंगशालामा पुष १५ गते लाईभ देउडा दोहोरी हुने

धनगढी- कैलालीको धनगढीमा देउडा संरक्षण प्रतिष्ठानको आयोजनामा पुस १५ गते बृहत लाइभ देउडा कार्यक्रम हुने भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान हामीले नै बचाउनु पर्छ भन्ने उद्देश्यले पुसे पन्ध्रलाई लक्षीत गरी धनगढीको रंगशालामा लाईभ देउडा कार्यक्रम हुने भएको छ ।

Bhancha ghar0

कार्यक्रममा करिब २ हजार देखी ५ हजार मानिसको सहभागि रहने देउडा संस्कृति संरक्षण प्रतिष्ठान सुदूरपश्चिम प्रदेशका अध्यक्ष धुर्व बहादुर सिहँले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहने प्रतिष्ठानका प्रदेश अध्यक्ष सिंहले बताए । देउडा कार्यक्रममा स्थानीएलाई बढी प्राथमिकता दिइने आयोजकले जनाएको छ । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका १५ ओटा बिद्यालय पनि देउडा कार्यक्रममा सहभागिता रहने छ ।

हामीले नै हाम्रो मौलिक संस्कृतिलाइ जोगाई राख्न हामी सबैको हातेमालो हुन आबश्यक रहेको बरिष्ठ देउडा गायक नरेन्द्र राज रेग्मीले बताए । यो परम्परा यहाँ मात्र नभएर देशको राज्धानी काठमाण्डौको टुडीखेलमा देउडा खेलेर सुदूरपश्चिमको पहिचान झल्काएको उनले बताए । हामी र हाम्रो संस्कृतिलाई बचाइ राख्न हामी सबैको भुमीका रहनु पर्ने देउडा संस्कृती संरक्षण प्रतिष्ठानले जनाएको छ ।

Loading...