धनगढी- कैलालीमा मोटरसाइकल एक आपसमा ठोकिदा एक युवकको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिकाको वडा नम्बर २ बौनिया गाउँ नजिक महेन्द्रराजमार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।



बुधवार बेलुका सुमन थारुले चलाएको से ७ प ५३४७ र लवकुश चौधरिले चलाएको सुदूरपशिचम प्रदेश ०१००१० प १९०२ नम्बर को मोटरसाइकल एक आपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ।


दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय सुमन थारुको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा राति मृत्यु भएको जनाइएको छ।
घाईते भएका बर्दगोरिया२ कुम्भियाका ४९ वर्षीय लवकुश चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइ रहेको र उनको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बौनियाले जानकारी दिएको छ।





