गोदावरी-३ का डिल्लीराज जोशी च्याउँ खेतीबाटै सन्तुष्ट

बाह्रै महिना च्याउखेतीमा पुर्व शिक्षक डिल्लीराज जोशी

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका-३ चौकिडाँडाका डिल्लीराज जोशी च्याउँ खेतीबाटै सन्तुष्ट छन्। जोशीले च्याउँखेतीमा हात हालेको आज ११ बर्ष भयो । उहाँले ५० पोकाबाट सुरु गरी हाल २५ देखि ३० हजार पोका च्याउँ उत्पादन गरि रहेका छन् । यसमा उहाँलाई गर्व लागेको छ ।

बि.सं. २०६९ मा उहाँ दुर्गालक्ष्मी मा.वि. अत्तरियामा गणित शिक्षक थिए । उहाँको योग्यताको कुरा गर्ने हो भने डिग्री गरि सक्नु भएको छ । पछि त्यो पेशालाई छाडेर गोदावरी-३ मा २ वटा च्याउँ फर्म चलाइरहेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

बिदेशीने युवाहरुले पनि उहाँको कामबाट स्वदेशमै व्यवसाय गर्ने प्रेरणा पाँउछन । उहाँले १२ महिनै कन्ये च्याउ खेती गर्दै गर्मी मौसममा मिल्की च्याउ पनि उत्पादन गर्ने गरेका छन् । उहाँले अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर लगायत पहाडी भू-भागमा च्याउ पठाउने गरेका छन् ।

कार्तिक देखि पुस, माघ सम्म स-साना किसानहरूले उत्पादन गर्ने च्याउ बजारको अध्ययन नगरी बिक्री गरिने भएकोले च्याउको लागत मुल्य फर्काउन समस्या भएको बताए ।

व्यबसायबाट घर खर्च चलेर केहि बचत भएको हुँदा आफ्नो योग्यताको कदर भएको बताए । डिल्लीराज र उहाँकी पत्नी बिस्ना जोशी दुवैले व्यवस्थापन गरेको उक्त व्यबसायमा १५ जना कामदारहरु रहेका छन । ११ बर्षे च्याँउ खेतीबाट सन्तुस्टी मिलेकाले उनको अझै ब्यबसाय बृद्धि गर्ने बिचार छ ।

Loading...