संगम बहुउद्देयीय सहकारी संस्थाको ५ औं वार्षिक साधारणसभा सम्पन्न

अत्तरिया, ६ असोज । कैलाली गोदावरी नगरपालिका वडा नं १ मा प्रधान कार्यालय रही २०७५ सालदेखि सेवा दिँदै आइरहेको संगम बहुउद्देयीय सहकारी संस्था लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालय सभाहलमा संस्थाले ५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

Navadurga sun
Godawari sandesh

संस्थाका अध्यक्ष चन्द्र बहादुर विष्टको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर उपप्रमुख शारदा देवी रोकाया थिईन् । विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशी, राष्ट्रिय सहकारी बैंक धनगढीका प्रमुख कृष्ण रावल, भूमि व्यवस्था तथा रजिष्ट्रार कार्यालय धनगढीका प्रतिनिधि देवराज पन्त रहेका थिए। 

कार्यक्रममा प्रमुख अतिथि नगर उप प्रमुख शारदा देवी रोकायाले संस्थाले स्थापना भएको छोटो समयमा धेरै नै प्रगती गरेकोमा बधाई तथा उत्तरोत्तर प्रगतीको कामना व्यक्त गरिन् । उनले गोदावरी नगरपालिकामा दर्ता भएका सहकारी मध्ये यस संगम सहकारीले आफ्नो कार्यमा निकै फड्को मारेको बताइन् । सहकारीले अफ्ना सदस्यहरूलाई सानो तिनो ऋणको अभाव टार्न निकै नै महत्वपूणर् भूमिका खेलेको उनले बताइन् ।

Dadeldhura hospital

‘सहकारी संस्थाहरुले व्यवसायीहरुलाई चर्को ब्याजको ऋणको चपेटबाट मुक्त गरेको उल्लेख गरिन ।’ उनले भनिन्, ‘सहकारीबाट हामीले सर्वसुलभ तरिकाबाट ऋण प्राप्त गरेका हुन्छौ । जुन प्राप्त ऋणबाट व्यापार व्यवसायी गरेका हुन्छौ । जसले गर्दा हाम्रो जीवनस्तर उकास्न सहज बनाउने कार्य भएको छ ।’

त्यस्तै सभामा संस्थाले वर्षभरी गरेको कार्यको वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाका अध्यक्ष चन्द्र बहादुर विष्टले गरेका थिए । उनले २०७५ सालमा ३२ जना शेयर सदस्यहरु मिलेर ६ लाख शेयरपुँजीबाट संचालन ल्याइएको उक्त सहकारी संस्थामा आव २०७९/०८० मसान्त सम्ममा आइपुग्दा ९ लाख ३० हजार शेयरपुँजी रहे संगै ७ सय ३२ जना शेयर सदस्यहरु आबद्ध रहेको जानकारी दिए । उनले संस्थाले आव २०७९/०८० मसान्त सम्ममा संस्थाले १० करोड ३१ लाख ९२ हजार बराबरको आर्थिक कारोबार गरेको जानकारी दिए । साथै यस वर्ष उक्त कारोबारबाट सस्थाले १४ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको बताए । संस्थाले कर्जा तर्फ ७ करोड ५० लाख रुपैयाँ ऋणमा लगानी गरेको उल्लेख गरे ।

अध्यक्ष विष्टले सभामा चार वर्ष पुरा गरि ५ औ वर्षमा पुग्दै गर्दा गोदावरी नगरपालिकामा दर्ता भएका सहकारीहरु मध्येकै आर्थिक रुपमा अबल सहकारी सस्था रहेको बताए । संस्थाले कैलाली जिल्लाको धनगढी र कञ्चनपुर जिल्लाको गुलरियामा संस्थाको सेवा केन्द्रको विस्तार गरी सदस्यहरूलाई निरन्तर रूपमा सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले साधारण सभाको अवसरमा संस्थामा आबद्ध सदस्यहरु मध्ये उत्कृष्ट बचत कर्ता, असल ऋणी, उत्कृष्ट उद्यमी, उत्कृष्ट कर्मचारीहरुलाई सम्मानित गरेको थियो। साथै यस संस्थामा २१ जना कर्मचारीहरुलाई रोजगार प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै उक्त कार्यक्रममा संस्थाको पुरानो लोगोंलाई परिवर्तन गरिएको छ । संस्थाको प्रस्तावित लोगों प्रमुख अतिथि नगर उप-प्रमुख शारदा देवी रोकायाले अनावरण गरेकी हुन् । सञ्चालक समितिकी सदस्य सोनी भण्डारीको स्वागत मन्तव्य संगै सुरु भएको सभाको कार्यक्रमको संचालन संस्थाका मुख्य प्रबन्धक अमर बहादुर कुँवरले गरेका थिए ।

Loading...